काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सानिमा जीआइसी इन्सुरेन्सलेले ५ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ५०.६० प्रतिशतले धेरै हो।
कम्पनीले गत वर्ष ३ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
साथै, कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी भने ११.७३ प्रतिशतले घटेको छ । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा २१ करोड ६४ लाख रुपैयाँ रहेको छ । सानिमा जीआइसीको बिमा कोषमा ४ अर्ब ३६ करोड रुपैयाँ रहेको छ।
असोजसम्म यसले १० करोड ८३ लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा ०.९२ प्रतिशतले धेरै हो । गत वर्ष यसले १० करोड ७३ लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो । यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४१ पैसाले बढेर १० रुपैयाँ १७ पैसा कायम भएको छ यसको प्रतिसेयर नेटवर्थ भने १५१.५७ रुपैयाँ रहेको छ ।


































