National life

सामाजिक सुरक्षा कोषमा ९४ अर्ब भन्दा धेरै रकम जम्मा

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१८ कात्तिक २०८२, मङ्गलबार
1.5kShares
सामाजिक सुरक्षा कोषमा ९४ अर्ब भन्दा धेरै रकम जम्मा
ncell

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा हालसम्म कूल रु ९४ अर्ब नौ करोड एक लाख ७९ हजार बराबरको रकम जम्मा भएको छ । कोषले रु १७ अर्ब २९ करोड ३० लाख ५१ हजार बराबरको रकम योगदानकर्तालाई भुक्तानी समेत गरेको छ ।

कोषमा कूल सूचीकृत योगदानकर्ताका रुपमा २५ लाख ९२ हजार एक सय ४१ जना समावेश भएका छन्। कोषमा २२ हजार एक सय २५ सूचीकृत रोजगारदाता रहेका छन् भने रोजगारदातालाई क्रमशः सूचीकृत गराउन कोषले आवश्यक पहल समेत गरिरहेको जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कोषमा औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दावी रकम रु दुई अर्ब ४२ करोड ५० लाख ८१ हजार रहेको छ । यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा दावी रकम रु २२ करोड ३१ लाख ६३ हजार, आश्रित परिवार सुरक्षा दावी रकम रु २८ करोड ३५ लाख ९७ हजार र अवकाश दावी रकम रु १४ अर्ब ३६ करोड १२ लाख आठ हजार रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?