काठमाडौँ । सिटिजन लाइफ एन्सोरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। एन्सोरेन्स कम्पनीले माघ १४ गते सातौँ वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि सिटिजनले पुस २९ गते बुक क्लोज गर्ने भएको छ ।
पुस २७ र २८ गते क्रमशः शुक्रवार र शनिवार रहेको छ ।
सभामा कम्पनीले शेयर धनीलाई आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट ५५ बोनस सेयर र कर तिर्न ०.२६३५ नगद गरी कुल ५.२६३५ लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा अम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौँमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा सर्वसाधारण शेयर धनी समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा राखेको छ ।

































