काठमाडौँ । सीजी कम्युनिकेसन्स लिमिटेडको अनुमति पत्र (लाइसेन्स) नेपाल दूरसञ्चार प्राधिकरणले खारेज गरेको छ।
प्राधिकरणबाट सीजी कम्युनिकेसन्सले पाएको ग्रामीण दूरसञ्चार सेवाको अनुमति पत्र खारेज भएको हो। चौधरी ग्रुपको तत्कालीन एसटीएम टेलिकम सञ्चार प्रालिले लाइसेन्स खरिद गरे पनि सेवा सञ्चालनमा आएको थिएन ।
देशका सबै ठाउँमा नेटवर्क विस्तार गर्ने आधारभूत लाइसेन्स मागिरहेको चौधरी ग्रुपले सरकारबाट सो नपाएपछि ग्रामीण दूरसञ्चार सेवा मात्रै सञ्चालन नगरेको हो।
२००३ नोभेम्बर २१ मा चौधरी ग्रुपले लिएको ग्रामीण दूरसञ्चार सेवाको अनुमति पत्र तोकिएको अवधिभित्र नवीकरण नगरेकाले स्वतः खारेज भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले भनेको छ ‘नवीकरणका लागि दूरसञ्चार नियमावली ५०५४ को नियम १२ बमोजिम तोकिएको अवधिभित्र नवीकरण दस्तुरसहित निवेदन पेस नगरेकाले सीजी कम्युनिकेसन्सको ग्रामीण दूरसञ्चार सेवाको अनुमति पत्र २०८० मङ्सिर १६ देखि स्वतः रद्द भएको छ ।

































