काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतद्धारा पारित भएको छ।
भदौ ३१ मा प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले पेस गरेको ३१ अर्ब ६२ करोड बराबरको बजेट आइतबार प्रदेश सभाबाट बहुमतले पारित गरेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को बजेट छलफलका क्रममा बजेटमा सत्तारूढ दलकै प्रदेश सभा सदस्यहरूले असन्तुष्टि जनाएका भएपनि आइतबार भने बजेट बहुमतले गरेको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरुले विपक्षमा मतदान गरेका हुन।

































