काठमाण्डौ। आज बिहिबारका दिन सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज घरेलु बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ।
आज सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन सुनको मूल्य १ लाख ६० हजार ६ सय रुपैयाँ कायम थियो।
आज चाँदीको भाउ भने बढेको छ। चाँदीको मूल्य आज तोलामा ३० रुपैयाँले बढेको छ। यससँगै आज चाँदी प्रतितोला १ हजार ८८५ रुपैयाँमा कारोबार भईरहेको छ ।


































