काठमाडौँ। लगातार तीन कारोबारका दिन बढेको सुनको भाउ आज सामान्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोलामा ६ सय रुपैयाँ घटेको हो ।
शुक्रवारका दिन सुन प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउमा सामान्य वृद्धि भएको छ। चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


































