काठमाडौँ । सोमबारका दिन सामान्य घटेको सुनको मूल्य आज मंगलवारका दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य आजसम्मकै उच्च बिन्दुमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ । प्रतितोला १५ सय रुपैयाँले बढेको छापावाला सुनको मूल्य आज प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य ४० रुपैयाँले घट्दै प्रतितोला २ हजार १०५ रुपैयाँ पुगेको छ। सुनको मूल्य बढ्ने कारण यथावत् रहेकाले मूल्य थप वृद्धि हुने महासंघको भनाई छ ।


































