National life

सुनको मूल्यमा प्रतितोला २६ सयको गिरावट: डेढ लाख भन्दा कममा कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ मंसिर २०८१, मङ्गलबार
744Shares
सुनको मूल्यमा प्रतितोला २६ सयको गिरावट: डेढ लाख भन्दा कममा कारोबार
ncell

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यमा आज पनि भारी गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८२० रुपैयाँ कायम भएको छ । सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशत र चाँदीको भन्सार दर पनि १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमामा झारेसँगै सुनको मूल्य सस्तिएको हो ।

यद्यपि भन्सार दर घटेको कारण मूल्यमा ठुलो अन्तर आएको भए पनि सुनको दैनिक मूल्यमा गिरावट आउने धेरै आधार नभएको महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
744SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?