काठमाडौँ। बिहीबार नेपाली बजारमा सुनको मूल्यमा भारी अंकले गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँ घटेको हो । मूल्य घटेसँगै आज सुनको मूल्य तोलामा १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बुधवार सुनको मूल्य तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्यमा समेत गिरावट आएको छ । बुधवार तोलामा १ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १ हजार ७८० रुपैयाँ कायम भएको छ ।


































