काठमाडौँ । नेपाली बजारमा दैनिक नयाँ रेकर्ड कायम गरिरहेको सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज २ हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २ हजार रुपैयाँले घट्दै प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि २ हजार रुपैयाँले घट्दै प्रतितोला १ लाख ४६ हजार ८ सय रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य समेत गिरावट आएको छ। चाँदीको मूल्य ३० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ।


































