काठमाडौँ । नेपाली बजारमा लगातार घटेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको छ । अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँले घटेको सुनको मूल्य आज पुनः २ हजार २ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य आज ३५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९०५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


































