काठमाडौँ । नेपाली बजारमा आज बिहीबारका दिन सुनको मूल्यमा गिरावट आएको छ । पनि अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज ८ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ ।


































