National life

सुनको मूल्य अब घट्न थालेको हो ? एकै दिन ४ हजारले सस्तियो: कतिमा हुदैछ कारोबार ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ कात्तिक २०८१, बिहिबार
650Shares
सुनको मूल्य अब घट्न थालेको हो ? एकै दिन ४ हजारले सस्तियो: कतिमा हुदैछ कारोबार ? 
ncell

काठमाडौँ । तिहारको बिदा लगत्तै खुलेको बजारमा सुनचाँदीको मूल्यमा दैनिक रूपमा गिरावट आउन थालेको छ । आज नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको हो। अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने प्रतितोला ४ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो दिन एक तोला सुनको मूल्य १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्यमा समेत भारी गिरावट आएको छ । चाँदीको मूल्य आज ५५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ। यद्यपि सुनको बजार सस्तिने पर्याप्त कारण नदेखिएकाले मूल्यमा घटबढ आए पनि बढ्न सक्ने प्रशस्त आधार भएको सुनचाँदी महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
650SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?