काठमाडौँ । नेपाली बजारमा दैनिक रूपमा नयाँ नयाँ रेकर्ड बनाएको सुनको मूल्यले आज सोमबारका दिन फेरि अर्को नयाँ उचाइ सहितको रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य आजसम्मकै उच्च मूल्यका कारोबार भएको हो ।
अघिल्लो दिन ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज फेरि ६सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य २० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ९५ रुपैयाँमा कारोबार भईरहेको छ । सुनको मूल्य बढ्नुमा अमेरिका–चीनबिचको व्यापार युद्ध, बढ्दै गएको भू–राजनीतिक प्रभाव, विश्वमा बढी रहेको बेरोजगारीको समस्या तथा विश्व आर्थिक मन्दीजस्ता कारण र तिनको समाधान नहुनुको मूख्य कारण रहेको छ ।
साथै, इजरायल–गाँजा क्षेत्रमा चलिरहेको युद्ध र युद्धको नेतृत्व गरिरहेका ठुला नेताहरू नै मारिनुले विश्व अर्थतन्त्रमा नै हलचल ल्याउनु लगायत रहेको नेपाल सुनचाँदी महासङ्घका पुर्वअध्यक्ष माणिक रत्न शाक्यले आर्थिक भ्वाइृसलाई जानकारी दिएका छन् ।


































