काठमाडौँ । सुनको निरन्तर बढेको मूल्यले आज पनि निरन्तरता पाएको छ । बिहीबार, सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
बुधवार छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य भने स्थिर अवस्थामा छ ।
आजको बजारमा चाँदी बुधवार कायम मूल्यमा नै खरिदबिक्री भइरहेको छ। आज चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।


































