National life

सुनचाँदीका वस्तुमा लगाइएको विलासिता कर तत्काल फिर्ता गर्न महासंघको माग

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२६ जेठ २०८०, शुक्रबार
630Shares
सुनचाँदीका वस्तुमा लगाइएको विलासिता कर तत्काल फिर्ता गर्न महासंघको माग
ncell

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीका वस्तुमा २ प्रतिशत विलासिता कर तत्काल फिर्ता गर्न माग गरेको छ । आज (शुक्रबार) काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सुनचाँदी व्यवसाय महासंघको संयुक्त बैठकले उक्त कर लगाउने घोषणा फिर्ता गर्न सरकारसँग माग गरेका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले सरकारको यो निर्णय सुनचाँदी व्यवसायीको हित विपरीत भएको ठहर गरेको छ ।

महासंघले भन्सार दरमा गरिएको अस्वाभाविक वृद्धिका कारण नेपाली सुनचाँदी व्यवसायमा नकारात्मक असर पर्नेतर्फ पनि महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनीहरुले राज्यले विभिन्न बहानामा व्यवसायी र आम उपभोक्तामाथि कर थोपर्ने नीति लिएकाले त्यसको विरोध गर्ने बताएका छन् ।

बजेटले सुनचाँदीको आयातमा लाग्ने भन्सार दरमा ५० प्रतिशत वृद्धि गरेकोप्रति महासंघले विरोध जनाएको छ । उनीहरुले सुनचाँदी भन्सार दरलाई पुनरावलोकन गरी डब्ल्युटिओको प्रावधान अनुरुप हुनेगरी खुला आयात नीति लागू गर्न माग गरेको छ ।

व्यवसायीहरुले सुनचाँदीका गरगहना जस्तो नगदसरहको सम्पत्तिमा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर्न, भन्सार दरमा ५० प्रतिशत वृद्धि गरिएकोमा त्यसलाई पुनरावलोकन गरी सुनचाँदीको आयात खुला गर्न, नेपालबाट विदेश लिएर गएको गहना समय सीमा नतोकी निर्बाध रूपमा फिर्ता ल्याउन पाउने व्यवस्था गर्न माग गरेका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
630SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?