काठमाडौँ। पछिल्लो केही कारोबारका दिन निरन्तर बढेको सुनको मूल्यमा आज भने गिरावट आएको छ । अघिल्लो दिन २ सय रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला ७०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँ कायम थियो यस्तै,आज चाँदीको मूल्य पनि घटेको छ।
चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ ।


































