National life

सुनचाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, किन बढिरहेको तीव्र गतिमा मूल्य ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० असोज २०८१, बिहिबार
608Shares
सुनचाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, किन बढिरहेको तीव्र गतिमा मूल्य ?
ncell

काठमाडौँ । साताको पाचौं कारोबारका दिन समेत नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ।

पछिल्लो समय सुनको मूल्यले दैनिक रुपमा एकपछि अर्को गर्दै आफ्नै दैनिक रेकर्ड तोडिरहेको छ । आज सुन हालसम्मकै उच्च मूल्यमा पुगेको छ ।

आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । यसदिन चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा लगातार सुनको मूल्यवृद्धि भएपछि त्यसको प्रभाव स्थानीय बजारमा परेको नेपाल सुनचाँदी महासंघको भनाई छ ।

मध्यपूर्व र रुस-युक्रेनबीच द्वन्द्व बढ्नु, संयुक्त राज्य अमेरिकाको फेडरल रिजर्भले ब्याजदरमा ०.५ प्रतिशत बिन्दुले कटौती गर्नुलगायत कारणले डलर कमजोर भएर सुनको भाउ बढेको व्यवसायीहरूको भनाइ छ ।

यो समाचार शेयर गर्नुहोस्
608SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?