काठमाडौँ। नेपाली बजारमा लगातार बढेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको छ । आज शुक्रवारका दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


































