काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । मंगलवारका दिन दिन प्रतितोला ९ सय रुपैयाँले बढेको सुनको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन छापावाला सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि २ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४९ हजार १ सय रुपैयाँ कायम भएको छ ।आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको मूल्य २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८५५ रुपैयाँमा कारोबार भईरहेको छ । सुनको मूल्य दैनिक रुपमा बढेपनी कारोबार भने खुम्चिएको छ ।
आज अन्तराष्ट्रिय बजारमा समेत सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य २.११ प्रतिशत अर्थात प्रतिऔंस ५१ डलरले बढेको हो ।


































