National life

सुरक्षा कोषमा संकलित रकम उत्पादन क्षेत्रमा लगानी गर्नुपर्छ : चन्द्र ढकाल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ मंसिर २०८०, सोमबार
736Shares
सुरक्षा कोषमा संकलित रकम उत्पादन क्षेत्रमा लगानी गर्नुपर्छ : चन्द्र ढकाल
ncell

काठमाडौँ । सामाजिक सुरक्षा कोषको छैटौँ वर्षमा प्रवेशको अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सामाजिक सुरक्षा कोषमा संकलन भएको रकमलाई उत्पादनमा लगानी गर्नुपर्ने बताएका छन्।

अध्यक्ष ढकालले सामाजिक सुरक्षा कोषमा ४५ अर्ब फण्ड संकलन भएकोले यसलाई उत्पादनमा लगानी गर्नुपर्नेमा जोड दिए । सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको सङ्ख्या बढ्दै छ, हाल यस्तो कोषमा ४५ अर्ब फण्ड संकलन भएको छ।

अब उक्त फण्डलाई बैंकमा राखेर ब्याज खानुभन्दा उत्पादनमा लगानी गर्नुपर्छ’–ढकालले भने ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
लगानीका लागि सरकारलाई कार्यविधि बनाउन अध्यक्ष ढकालले आग्रह समेत गरेका छन् ।

कोषमा हालसम्म ९ लाख २८ हजार ४५३ जना योगदानकर्ता रहेका छन् । कोषमा हाल १८ हजार ४३९ रोजगारदाता सूचीकृत भएका छन् ।  कोषले हालसम्म विभिन्न सुविधा अन्तर्गत ६ अर्ब ४४ करोड रुपैयाँ प्रदान गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
736SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?