National life

सोनापुर मिनरल्सको घाटा ४६ करोड ९२ माथि, अन्य सूचक कस्ता छन् ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ साउन २०८१, बिहिबार
574Shares
सोनापुर मिनरल्सको घाटा ४६ करोड ९२ माथि, अन्य सूचक कस्ता छन् ?
ncell

काठमाडौँ। सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले वित्तीय अवस्था सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले नोक्सानी बेहोरेको छ ।

यस अवधिसम्म कम्पनी ४६ करोड ९२ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २ करोड ६२ लाख रुपैयाँ नाफामा रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनी चौथो त्रैमाससम्म १ अर्ब ६३ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५.२२ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले १ अर्ब ७३ करोड रुपैयाँ आर्जन गरेको थियो । कम्पनीले ६ लाख २१ हजार रुपैयाँ अन्य आम्दानी गरेको छ ।

त्यस्तै इन्धनको मूल्यमा भएको अत्यधिक वृद्धिको निरन्तरता, कोइलाको मूल्यमा वृद्धि, चर्को बैक ब्याजदर, भौतिक विकास निर्माणमा बजेट खर्च कम हुनु, लगायतका कारण उत्पादनले उचित बजार मूल्य पाउन नसकेका कारण कम्पनी घाटामा गएको कम्पनीले जनाएको छ । कम्पनीको बिक्री तथा वितरण खर्च १ करोड ६७ लाख रुपैयाँ,ह्रास कट्टी खर्च ८ करोड ५३ लाख र प्रशासनिक खर्च १२ करोड ३ लाख रुपैयाँ रहेको छ । कम्पनीको सञ्चालन मुनाफा १३ करोड ४६ लाख रुपैयाँले ऋणात्मक छ।

कम्पनीको रिजर्भको आकार २९ करोड २१ लाख रुपैयाँ कायम भएको छ। यस्तै कम्पनीले सेक्युरिटी प्रिमियममा १ अर्ब ६५ करोड रुपैयाँ सञ्चित गरेको छ।  यस अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १५.२६ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १६३.२४,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३९८.७८ रुपैयाँ र तरलता अनुपात १.०८ प्रतिशत कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
574SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?