National life

सोल्टी होटलले ४१.२३ करोड नाफा आर्जन गर्दा आम्दानी १.३८ अर्ब

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ वैशाख २०८१, शुक्रबार
1.3kShares
सोल्टी होटलले ४१.२३ करोड नाफा आर्जन गर्दा आम्दानी १.३८ अर्ब
ncell

काठमाण्डौ । सोल्टी होटल लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ४१ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस भन्दा अघिल्लो आवको सोही अवधिको तुलनामा यो रकम ११.०८ प्रतिशतले बढी रहेको तथ्यांकमा देखिन्छ।

अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो भने कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ६८ करोड रुपैयाँ कुल आम्दानी गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा ११.३८ प्रतिशतले धेरै हो ।

अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ आर्जन गरेको थियो भने अघिल्लो आवको तेस्रो त्रैमाससम्म १ अर्ब ४ करोड ८९ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च बढेर १ अर्ब १६ करोड ८३ लाख रुपैयाँ पुगेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको कर्जा घट्दा अघिल्लो आवको तेस्रो त्रैमाससम्म ५ करोड ३ लाख रुपैयाँ कर्जा घटेर १३ लाख ८ हजार रुपैयाँमा सीमित भएको अवस्था छ ।

कम्पनीको रिटेन्ड अर्निङको आकार पनि १ अर्ब ३ करोडबाट बढेर १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ भने कम्पनीको चुक्तापूँजी ९२ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

साथै, समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ईपीएस ४.४४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २४.५८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३२.४८ रुपैयाँ,पिई अनुपात ९८.९१ गुणा र तरलता अनुपात १.२२ प्रतिशत कायम रहेको तथ्यांकमा देखिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?