National life

स्वरोजगार लघुवित्तको नाफामा ४०.३० प्रतिशतले वृद्धि, कमिसन आम्दानी कति पुग्यो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ वैशाख २०८१, बिहिबार
1.2kShares
स्वरोजगार लघुवित्तको नाफामा ४०.३० प्रतिशतले वृद्धि, कमिसन आम्दानी कति पुग्यो ?
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत वर्षको सोही समयावधिको तुलनामा लघुवित्तको यो नाफा  ४०.३० प्रतिशतले बढी हो । स्वरोजगारले गत वर्षको चैत मसान्तसम्म भने ५ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

खुद व्याज आम्दानी ०.४५ प्रतिशत सुधार हुँदै २६ करोड ३१ लाख रुपैयाँ पुगेको छ । फि तथा कमिसन आम्दानी ३३६.८४ प्रतिशत बढेर ५० लाख २८ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी र फि तथा कमिसन आम्दानीसँगै सञ्चालन नाफा बढेपछि खुद नाफामा पनि सुधार भएको हो ।

यता, खराब कर्जा ०.९१ प्रतिशत विन्दुले घटेर ५.७२ प्रतिशतमा आएको छ। स्वरोजगार लघुवित्तको चुक्ता पुँजी ६७ करोड ११ लाख रुपैयाँ रहेको छ। संस्थाको जगेडा कोषमा २१ करोड ६२ लाख रुपैयाँ जम्मा रहेको छ।

प्रतिसेयर आम्दानी ९वार्षिक० १४.५४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ भने १४०.७९ रुपैयाँ पैसा छ । यसको वितरणयोग्य नाफा ५ करोड ७० लाख रुपैयाँ रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?