काठमाडौँ। चालु आवको तेस्रो त्रैमाससम्मको अवधिमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले १७ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
प्रस्तुत नाफा विवरण अघिल्लो आवको सोही अवधिको तुलनामा २९९.४६ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ४ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो ।
प्रस्तुत वित्तीय विवरण अनुसार यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने ३.२६ प्रतिशतले घटेको छ। तेस्रो त्रैमाससम्म संस्थाले १ अर्ब ३६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।
संस्थाको कुल सञ्चालन आम्दानी १ अर्ब २१ करोड र सञ्चालन मुनाफा ४३ करोड २० लाख रुपैयाँ रहेको छ । यस्तै संस्थाको वितरणयोग्य मुनाफा ८ करोड २६ लाख रुपैयाँ रहेको छ। चुक्तापूँजी २ अर्ब ६१ करोड रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ १८ करोड १६ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ। संस्थाको रिजर्भ २ अर्ब ४३ करोड १ लाख रुपैयाँ रहेको छ।
त्यस्तै तेस्रो त्रैमाससम्ममा १९ अर्ब ७७ करोड रुपैयाँ बराबरको निक्षेप सङ्कलन गरेको संस्थाले २४ अर्ब ३५ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । संस्थाको खराब कर्जा अनुपातमा कमी आएको छ। अघिल्लो आवको तेस्रो त्रैमाससम्म १२.०९ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर १०.७७ प्रतिशतमा झरेको छ।
संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ५० करोड ८२ लाख रुपैयाँ छुट्टाएको छ । समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) मा उल्लेख्य वृद्धि भएको छ । ईपीएस २.२५ रुपैयाँबाट बढेर ८.९८ रुपैयाँ पुगेको छ ।
यस्तै संस्थाको प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १०० रुपैयाँ कायम भएको छ ।
































