National life

स्वर्णलक्ष्मी सहकारीको अनुसन्धान प्रतिवेदन: रवि सहित ४४ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ पुस २०८१, बिहिबार
891Shares
स्वर्णलक्ष्मी सहकारीको अनुसन्धान प्रतिवेदन: रवि सहित ४४ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस
ncell

काठमाडौँ । प्रहरीले काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीसम्बन्धी हिनामिनामा अनुसन्धान सक्काएर रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौँले बिहीबार जिल्ला सरकारी वकिल, कार्यालय काठमाडौँमा प्रतिवेदन पेस गरेको हो। स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे अनुसन्धान सकेर ४४ जनालाई प्रतिवादी कायम गर्दै जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहित ४४ जनालाई प्रतिवादी कायम गर्न प्रहरीले राय दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७०  रुपैयाँ बिगो माग दाबी लिन सरकारी वकिललाई राय दिएको छ।

ऋण उपसमिति सदस्य कमल लामा र लेखा समिति सदस्य सुनिता नेवालाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको थियो। संगठित अपराध मुद्दामा ६० दिनभित्र अदालतमा मुद्दा दर्ता गर्नुपर्ने भएकाले प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

सुनितालाई प्रहरीले गत २० कात्तिकमा पक्राउ गरेकाले २० पुसभित्र मुद्दा अदालतमा दर्ता गर्नुपर्ने हुन्छ । सरकारी वकिल कार्यालयका अनुसार आइतबार मुद्दा दायर हुने सम्भावना बढी देखिएको छ । कार्तिक २१ मा लेखा समिति सदस्य सुनिता नेवा र कार्तिक २६ मा ऋण उप(समिति सदस्य कमल लामा पक्राउ परेका थिए ।

स्वर्णलक्ष्मी सहकारीबाट पनि गोर्खा मिडियामा गैर कानुनी रूपमा पैसा गएको थियो । सो पैसा खर्च गर्ने भूमिकामा लामिछानेसमेत रहेको भन्दै उनलाई पनि प्रतिवादी बनाउन लागिएको छ । रास्वपाले भने सहकारी ठगीमा संलग्न नभए पनि गोर्खा मिडियाको तत्कालीन सञ्चालक भएकै आधारमा सहकारी ठगीको मुद्दा चलाउनु राजनीतिक प्रतिशोध भएको आरोप लगाउँदै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
891SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?