National life

स्वास्थ्य बीमा बोर्डको चेतावनी: 'बिरामीलाई अनावश्यक रेफर गरे भुक्तानी रोकिदिन्छौ'

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० भदौ २०८१, बिहिबार
879Shares
स्वास्थ्य बीमा बोर्डको चेतावनी: 'बिरामीलाई अनावश्यक रेफर गरे भुक्तानी रोकिदिन्छौ'
ncell

काठमाडौँ। निजी तथा सामुदायिक अस्पतालमा बिरामीलाई अनावश्यक रेफर भइरहेकोप्रति स्वास्थ्य बिमा बोर्डको ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

बोर्डले बुधवार सेवा प्रदायक स्वास्थ्य संस्था तथा अस्पताललाई पत्राचार गर्दै अस्पताल तथा चिकित्सकले संस्थामा सेवा पर्याप्त हुँदा पनि अनावश्यक रेफर गरेको पाइएको र अबदेखि रेफर गर्नुपर्ने भएमा अनिवार्य रूपमा कारण खुलाउन समेत निर्देशन दिएको छ ।

‘चिकित्सक सेवाको आचरण विपरीत अनावश्यक रूपमा रेफर गरेको पाइएको छ। अब उप्रान्त  संस्थामा भइरहेको सेवालाई ख्याल नगरी अन्तै कतै रेफर गर्न पाइने छैन,’ बोर्डले पत्राचार गर्दै भनेको छ, ‘ रेफर गर्नु परेमा अनिवार्य कारण खुलाउन पर्ने छ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अनावश्यक रेफर गरेको पाइएमा दाबी मूल्याङ्कन तथा रुजु गर्दा रकम शोधभर्ना नगर्ने बोर्डको चेतावनी रहेको छ । साथै, स्वास्थ्य बीमा ऐन २०७४, नियमावली २०७५, रिफरल कार्यविधि २०८०, कार्यान्वयनमा रहेको सुविधा थैली, दाबी समीक्षा निर्देशिका (पहिलो संशोधन) २०८१ र रियल टाइम कार्यविधि २०८० विपरीत निजी तथा सामुदायिक अस्पतालमा चिकित्सक सेवाको आचरण विपरीत काम भइरहेको बोर्डले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
879SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?