National life

हप्ता दिन समेत टिकेन अण्डाको घट्दो मूल्य, शुक्रवार बाट लागुहुने गरी नयाँ मूल्य निर्धारण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ भदौ २०८१, बिहिबार
584Shares
हप्ता दिन समेत टिकेन अण्डाको घट्दो मूल्य, शुक्रवार बाट लागुहुने गरी नयाँ मूल्य निर्धारण
ncell

काठमाडौँ । पाँच दिनअघि बढेको अन्डाको मूल्यमा भोली शुक्रवारदेखि लागु हुने गरी फेरि बढाइएको छ ।

नेपाल लेयर्स कुखुरा पालक संघले शुक्रवारदेखि लागु हुने गरी मूल्य बढाउने निर्णय गरेको हो । लेयर्स संघको आज बिहीबार बसेको भौतिक र भर्चुअल बैठकले चितवनलाई आधार मानेर अन्डाको समर्थन मूल्य तोकेको हो ।

अब मध्यम अन्डाको मूल्य प्रतिक्रेट ४ सय ३५, ठुलो अन्डा प्रतिक्रेट ५ सय १० र एक्सएल अन्डा प्रतिक्रेट ५ सय २५ रुपैयाँ तय भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसअघि ८ भदौमा एक्सएल अन्डाको मूल्य प्रतिक्रेट पाँच रुपैयाँ, ठुलो र मध्यमको १० रुपैयाँले बढाएर एक्सएल अन्डा प्रतिक्रेट (३० वटाको) ५ सय ५ तय गरेको थियो ।

यस्तै ठुलो अन्डा ४ सय ९५ रुपैयाँ र मध्यम अन्डाको मूल्य ४ सय २५ रुपैयाँ कायम गरिने भएको छ । बजारमा माग बढेको कारण मूल्यमा समेत वृद्धि हुने भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
584SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?