काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले ३ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत वर्षको तुलनामा यो १२१.१९ प्रतिशत धेरै हो। गत वर्षको यस अवधिमा कम्पनीले १ करोड ५८ लाख नाफामा कमाएको थियो ।
हाथवेको सञ्चालन आम्दानी १२२ प्रतिशतले बढेर ४ करोड ८८ लाख पुगेको छ।
हाथवे इन्भेष्टमेन्टको गत वर्ष उक्त आम्दानी २ करोड १९ लाख रुपैयाँ थियो । उक्त आम्दानीमा बढेसँगै नाफामा सुधार आएको हो। चुक्ता पुँजी १ अर्ब २८ करोड ७० लाख रुपैयाँ रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा ४१ करोड ७४ लाख रुपैयाँ जम्मा रहेको छ ।
हाथवे इन्भेष्टमेन्टको इपीएस ५.४४ रुपैयाँ रहेको छ। प्रतिसेयर नेटवर्थ ८२.०२ रुपैयाँ रहेको छ।

































