काठमाडौँ। पुस १ गते बसेको हिमालयन बैंक लिमिटेडको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको छ।
बैठकले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार लाभांश वितरण नगर्ने निर्णय गरेको जनाएको छ ।
यसका साथै सोही बमोजिम नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतिका लागि पेश गर्ने निर्णय समेत सो बैठकले गरेको छ । राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् उक्त वित्तीय विवरण अनुमोदनका लागि बैंकको आगामी साधारण सभामा पेश गरिने जनाएको छ ।

































