National life

हुण्डी कारोबारमा संलग्न पाँच जना २१ लाख नगदसहित पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ फागुन २०८०, सोमबार
640Shares
हुण्डी कारोबारमा संलग्न पाँच जना २१ लाख नगदसहित पक्राउ
ncell

काठमाडौँ । नेपाल प्रहरीले हुन्डी कारोबारमा संलग्न रहेको पाँच जनालाई नगद रु २१ लाख सहित पक्राउ परेका छ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–७ बस्ने मोतजार मियाको छोरा सोही ठाउँ- ४ मा आसिफ मनि चेन्जर सञ्चालन गरेका ३१ वर्षीय कलामुदिन अन्सारी, महागढीमाइ नगरपालिका–१ बस्ने जलिल मिया अन्सारीको ३९ वर्षीय छोरा मेराजुल हक अन्सारी रहेको बारा प्रहरीले जनाएको छ ।

यसै गरी भारतको बिहार राज्य मोतिहारी जिल्ला आदापुर थाना हरपुर पञ्चायत नायकाटोला बस्ने शम्भु साहका २९ वर्षीय छोरा रञ्जित सरार्फ, सोही ठाउँ श्यामपुर टोल बस्ने ४२ वर्षीय कृष्णालाल प्रसाद र अरेराज बस्ने ४० वर्षीय रविशंकर सिंह रहेको बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेको भनाई छ ।

फागुन १८ गते रञ्जितलाई अदालत नजिकैबाट नगद पाँच लाखसहित पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसै गरी अन्य चार जनालाई भने आइतबार बेलुकी ४ बजे विश्रामपुर गाउँपालिका–१ छतवाबाट पक्राउ काफ्लेको भनाई छ ।

उनीहरू भारतबाट बिआर ०५ एआर ३५०९ नम्बरको मोटरसाइकलबाट नेपाल आएपछि चेकजाँच गर्दा १६ लाख ९ हजार बरामद भएको छ। यसरी पक्राउ परेका माथि बैंक तथा बितिए संस्था सम्बन्धी कसुर मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थपगरी आवश्यक प्रक्रिया सुरु गरिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए।

साथै उनीहरू माथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तरगत मुद्रा सम्बन्धी कसुरमा थप अनुसन्धान सुरु गरिएको छ । नक्कली नोट कारोबारमा कानुनी व्यवस्था अनुसार १० वर्षसम्म कैद र एक लाखसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान रहेको कानुन व्यवसायी शिवनाथ प्रसाद यादवले जानकारी दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
640SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?