काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी पुस १ गते १० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ ।
केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरण प्रयोग गरी उक्त परिमाण बराबरको रकम सङ्कलन गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले पुस १ गतेदेखि ८ गतेसम्मका लागि निक्षेप सङ्कलन गर्न लागेको जानकारी दिएको छ।
घटीमा रु १० करोड र बढीमा रु ५ करोडले भाग गर्दा निः शेष भाग जाने गरी कुल आह्वान रकम बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ ।
ब्याजदर पनि बोलकबोलका माध्यमबाट निर्धारण गरिने बैंकले जनाएको छ। केन्द्रीय बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
































