निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय छाता संगठन इन्टरनेसनल फेडेरेसन अफ एसियन एण्ड वेस्टर्न प्यासिफिक कन्ट्र्याक्टर्स एसोसिएसन (इफाप्का) को ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ।
सम्मेलनमा देशभित्रका एक सय ५८ र अन्य विभिन्न मुलुकका दुई सय ४२ गरी चार सय प्रतिनिधि सहभागी हुने आयोजकको जानकारी छ । पार्टनरिङ इन सस्टेनेबल इन्फास्ट्रक्चरु भन्ने मूल नाराका साथ यही नोभेम्बर २१ देखि २५ (मङ्सिर ५ गतेदेखि ९ गतेसम्म) सम्मेलन सञ्चालन हुने भएको छ ।
मङ्सिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट औपचारिक उद्घाटन हुने उक्त सम्मेलनको उद्घाटन सत्रमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू मुख्य सचिव, सचिवहरू तथा विभिन्न सङ्घ९संस्थाका प्रतिनिधिहरूको सहभागिता रहने आयोजक संस्थाको जानकारी छ ।
मङ्सिर ७ गते हुने पार्टनरिङ इन सस्टिनेबल इन्फास्ट्रक्चर फोरमको उद्घाटन भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन्।
सम्मेलनबाट विश्वका विभिन्न मुलुकको प्रविधि हस्तान्तरण हुने तथा नेपालमा उठिरहेको वातावरणमैत्री विकास निर्माणको सवाल अन्तर्राष्ट्रिय फोरममा पुर्याउने बताए। वातावरण अनुकूल दिगो संरचना कसरी विकास गर्न सकिन्छ भन्ने विषयको उजागरका लागि महासङ्घले नेतृत्व गर्नेछ। यस्तो सम्मेलनले विश्वभरका राम्रा राम्रा अभ्यासहरू साटासाट गर्ने मौका मिल्नेछ, उनले भने।
सम्मेलनले बजारमा मुद्रा चलायमान बनाउने र रोजगारी सिर्जनामा योगदान पुर्याउने पनि उनले बताए। विदेशी लगानीकर्ताहरू नेपालको ऊर्जा, पर्यटन लगायत क्षेत्रमा लगानी गर्न चाहिरहेका छन् तसर्थ सम्मेलनपछि लगानी प्रस्ताव अझ बढ्ने विश्वास रहेको सिंहले बताएका छन् ।


































