National life

११ महिनामा आन्तरिक उडानतर्फ ७७ लाख भन्दा बढी यात्रुले गरे हवाई यात्रा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ पुस २०८०, बुधबार
641Shares
११ महिनामा आन्तरिक उडानतर्फ ७७ लाख भन्दा बढी यात्रुले गरे हवाई यात्रा
ncell

काठमाडौँ । ११ महिनाको अवधिमा आन्तरिक उडानतर्फ ७७ लाख भन्दा बढी यात्रुले हवाई यात्रा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२३ को नोभेम्बरसम्ममा आन्तरिकतर्फ ७७ लाख ९४ हजार २१७ यात्रुले हवाई यात्रा गरेका हुन् ।

आन्तरिक उडान तर्फ सन् २०२२ को नोभेम्बरसम्म कुल ५६ लाख ६८ हजार ९४१ हवाई यात्रुहरुले यात्रा गरेकोमा सन् २०२३ को नोभेम्बरसम्ममा सो सङ्ख्या बढेर ७७ लाख ९४ हजार २१७ पुगेको हो । जस अनुसार गत वर्षको सोही अवधिको तुलनामा यात्रु सङ्ख्यामा करिब ३७।४८ प्रतिशतले वृद्धि भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

स्तै सन्२०२२ को नोभेम्बरसम्ममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल मार्फत आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या २९ लाख ४५ हजार ५४० रहेकोमा सन् २०२३ को नोभेम्बरसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल मार्फत आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या कुल ४१ लाख ५४ हजार ३९३ रहेको छ । जस अनुसार गत वर्षको सोही अवधिको तुलनामा यात्रुको सङ्ख्यामा ४१।०४ प्रतिशतले वृद्धि भएको प्राधिकरणले जनाएको छ ।

यस्तै नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीको सङ्ख्या सन्२०२२ मा २९ रहेकोमा हाल आएर ३० पुगेको छ । जसबाट नेपालबाट १६ देशका ३३ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान भइरहेको छ भने आन्तरिक तर्फ सञ्चालन अनुमति प्राप्त जम्मा २१ वटा वायु सेवा मध्ये हाल क्रियाशील वायुसेवा कम्पनीहरूको सङ्ख्या १९ रहेको छ । जस बाट कुल ५५ बटा विमानस्थल मध्ये ३५ बटा विमानस्थलहरू आन्तरिक हवाई सेवा सञ्जालमा जोडिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
641SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?