National life

११ महिनाको अवधिमा ४५ करोड बढीको चुरा र १७ करोड बराबरको पोते आयात

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ साउन २०८१, सोमबार
705Shares
११ महिनाको अवधिमा ४५ करोड बढीको चुरा र १७ करोड बराबरको पोते आयात
ncell

काठमाडौँ । पछिल्लो ११ महिनाको अवधिमा नेपालमा साढे ४५ करोड मूल्य बराबरको चुरा र बिन्दी वा टिका आयात गरिएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्म  ४५ करोड ४४ लाख ६६ हजार रुपैयाँ बराबरको ३ करोड ८० लाख ४४ हजार ८ सय ९६ दर्जन सिसा र प्लास्टिकबाट निर्मित चुरा, टिका भित्रिए हुन् ।

धार्मिक रूपमा साउन महिनालाई भगवान् शिवको रूपमा लिइने वा साउन महिनाभर महिलाले हातमा हरियो र पहेँलो चुरा, गलामा पोते लगायतमा हातमा मेहन्दीको प्रयोग उच्च रूपमा गर्ने भएको कारण खपत बढ्न गएको विभागको भनाई छ ।

चुरा सहित उक्त समयावधिमा १७ करोड रुपैयाँ बराबरको ४ लाख १२ हजार ६ सय १ किलो विभिन्न प्रकारको सिसाबाट निर्मित पोते नेपालमा आयात भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
११ करोड ६८ लाख ७८ हजार रुपैयाँ बराबरको २ लाख ८० हजार ८ सय २२ किलो विभिन्न आकर्षक रंग र डिजाइनमा आयात भएको छ ।

तथ्यांक विभागको अनुसार भारतबाट सबैभन्दा धेरै चुरा नेपालमा आयात हुने गरेको छ । ११ महिनाको अवधिमा  भारतबाट ४५ करोड १९ लाख ९९ हजार रुपैयाँ बराबरको चुरा, टिका आयात भएको छ । भारतपछि दोस्रो धेरै भित्रिनेमा चीन रहेको छ । चिन बाट उक्त समयावधिमा २४ लाख १२ हजार रुपैयाँको आयात भएको छ ।

यस्तै,तथ्यांक अनुसार पछिल्लो ११ महिनाको अवधिमा नेपालमा विभिन्न मुलुकबाट ४ करोड ५६ लाख २८ हजार रुपैयाँ बराबरको १८ हजार ३ सय ९३ लिटर नेल पोलिससमेत आयात भएको छ । सबैभन्दा बढी चीनबाट २ करोड ५० लाख ९० हजार रुपैयाँ बराबरको १२ हजार ३ सय ५८ लिटर नेल पोलिस आयात भएको छ । यसपछि भारतबाट १ करोड ३१ लाख ५८ हजार रुपैयाँ बराबरको ४ हजार ६ सय ६९ लिटर नेल पोलिस आयात भएको हो ।

यसैगरी भारतबाट सोही समयमा २ करोड ४६ लाख ८६ हजार रुपैयाँ बराबरको १ लाख १३ हजार ८ सय ४८ किलो पोते आयात भएको छ । जापानबाट १ करोड ९७ लाख ४४ हजार रुपैयाँ बराबरको ४ हजार ४ सय १९ किलो पोते आयात भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
705SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?