काठमाडौंः नेपाल राष्ट्रबैंकले १२ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने उल्लेख गरेको छ । केन्द्रीय बैंकले ७ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण र ५ अर्ब रुपैयाँको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो ।
९१ दिन समयावधिका लागि राष्ट्र बैंकले ५ अर्ब रुपैयाँको नयाँ ट्रजरी बिल जारी गर्ने जनाएको छ । यो ट्रे जरी बिल आगामी जेठ १५ गते परिपक्व हुने समेत बैकको जारी सूचनामा उल्लेख छ । यस्तै, ३६४ दिन अवधिको ७ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने राष्ट्र बैंकले जनाएको छ।
उक्त ट्रे जरी बिल भने २०८२ फागुन १३ गते ९आज० परिपक्व भएको छ। मङ्गलवार फागुन १५ गते जारी हुने यस ट्रे जरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल गरिने बैंकको जानकारी छ। ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।
































