National life

१३ वाणिज्य बैंकहरुको लाभांश घोषणा,हेरौँ कुन बैंकको कति 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ पुस २०८०, सोमबार
820Shares
१३ वाणिज्य बैंकहरुको लाभांश घोषणा,हेरौँ कुन बैंकको कति 
ncell

काठमाडौँ । हालसम्म १३  वाणिज्य बैंकहरुले लाभांश घोषणा गरिसकेका छन् । बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरूलाई लाभांश घोषणा गरेका हुन् ।

लाभांश घोषणा गरेकामध्ये एनआइसी एशिया बैंकले सबैभन्दा बढी लाभांश घोषणा गरेको हो । बैंकले सेयर धनीलाई घोषणा गरेको बोनश र नगद गरी कुल ३० दशमलव ५२ प्रतिशत लाभांश बैंकको साधारण सभाले समेत पारित गरिसकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, एभरेष्ट बैंकले २० दशमलव ५३ प्रतिशत, स्टान्डर्ड चार्टड बैंकले १९ प्रतिशत, सानिमा बैंकले १४ दशमलव ७ प्रतिशत, माछापुच्छ्रे बैंकले १४ प्रतिशत, नबिल बैंकले ११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

नेपाल एसबिआई बैंकले सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद गरी कर सहित कुल १०.५५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । सिटिजन्स बैंकले ५ दशमलव ७९ प्रतिशत लाभांश घोषणा गरेर आफ्ना शेयरधनिहरुलाई  वितरण नै गरिसकेको छ।  सिद्धार्थ बैंकले ४ दशमलव २१ प्रतिशतले लाभांश वितरण गरेको छ । बैंकको २२औँ वार्षिक साधारणसभाले चार दशमलव २१ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गरेको हो ।

ग्लोबल आइएमई बैंकले ९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले गएको मङ्सिर २८ गते बसेको साधारण सभाले आर्थिक वर्ष २०७९-८० को कुल मुनाफाबाट सेयरधनीहरूलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ।

एनएमबि बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना सेयर धनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंकले  गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगरी सञ्चितिमा राख्ने निर्णय गरेको हो ।

बुक क्लोज भएका बैंकहरुको सेयर खरिद गर्नेले यो वर्षका लागि लाभांश पाउने छैनन् । बुक क्लोज भइसकेका बैंकहरुमा माछापुच्छ्रे, एभरेस्ट, एनआईसी एसिया, सानिमा, सिटिजन्स, सिद्धार्थ,ग्लोबल आइएमई बैंक र स्टान्डर्ड चार्टर्ड छन् ।

सनराइज बैंकले यो वर्ष आफ्ना सेयर धनीलाई ७ प्रतिशत बोनश शेयर र ० दशमलव ३७ नगद गरी कुल ७ दशमलव ३७ प्रतिशत लाभांश घोषणा गरेको छ ।  बैंकले पुस २६ गते साधारण सभा बोलाएको छ  । उक्त साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गर्नेछ । साधारण सभाको प्रयोजनका लागि पुस १९ गते  बुक क्लोज गर्ने निर्णय भएको छ ।  यो बैंकको सेयर खरिद गर्नेहरु अझै पनि घोषित लाभांश पाउनका लागि हकदार हुनेछन् ।

माछापुच्छ्रे बैंकले लाभांशस्वरुप प्रदान गरेको बोनस सेयर लगानीकर्ताले डिम्याट खातामा पाइसकेका छन् भने दोस्रो बजारमा सूचीकृत भइसकेको छ । नेपाल बैंकले यो बर्ष आफ्ना सेयर धनीहरू लाभांश वितरण नगर्ने भएको छ। बैंकको पुस ४ गते सम्पन्न सञ्चालक समितिको बैठकले गत आवको लाभांश वितरण नगर्ने प्रस्ताव पारित गरेको हो।

राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षको नाफाबाट ५.५० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । प्रस्तावित नगद लाभांश बैंकको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ । बैंकले नगद लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते साधारण सभा पनि बोलाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
820SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?