National life

१७ अर्ब ११ करोडको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक, आजै दिउँसो बोलकबोल गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ पुस २०८०, आइतबार
513Shares
१७ अर्ब ११ करोडको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक, आजै दिउँसो बोलकबोल गर्ने
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) १७ अर्ब ११ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ ।

राष्ट्र बैंकले पुस ११ गते बुधबार जारी गर्नेगरी २८ दिने, ९१ दिने र ३६४ दिने गरी तीन किसिममा कूल १७ अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।

यद्यपि, केन्द्रीय बैंकले नयाँ नभएर पुरानै ट्रेजरीको नवीकरण गर्ने जनाएको छ । बैंकको सूचना अनुसार कुल रकममध्ये २८ दिनका लागि ५ अर्ब रुपैयाँ ९१ दिनेका लागि १० अर्ब ११ करोड २५ लाख रुपैयाँ नवीकरण गरिनेछ भने ३६४ दिनेका लागि २ अर्ब रुपैयाँ नवीकरण गरिनेछ ।

Royal Enfield
nic asia capital

इच्छुक बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो २ बजेभित्र ट्रेजरी नवीकरणका लागि आवेदन दिन सक्नेछन् । ट्रेजरी बिलको बोलकबोल आज दिउँसो २ बजे हुन भएको छ । यसअघि केन्द्रीय बैंकले पुस २ गते १४ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
513SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?