National life

१७ अर्ब ८५ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२३ कात्तिक २०८०, बिहिबार
502Shares
१७ अर्ब ८५ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ट्रेजरी बोलकबोल गर्ने भएकाे छ । राष्ट्र बैंकले शुक्रबार १७ अर्ब ८५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको हाे ।

बैंकले कात्तिक २४ गते जारी गर्नेगरी ९१ दिने र १८२ दिने गरी दुई किसिममा कूल १७ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।

उक्त ट्रेजरी नयाँ नभएर पुरानैनवीकरण गरिने राष्ट्र बैंकले जनाएको छ ।

Royal Enfield
nic asia capital
बैंकको सूचना अनुसार ९१ दिनका लागि १२ अर्ब १० करोड रुपैयाँ छुट्याएको छ भने १८२ दिनेका लागि राष्ट्र बैंकले ९ अर्ब रुपैयाँ नवीकरण गरिने छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि शुक्रबार अर्थात् कात्तिक २४ गते मध्यान्न १२ः ३० बजेसम्म आवेदन दिन सक्नेछन् । ट्रेजरीको नवीकरण भने आगामी मंसिर १ गते हुनेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
502SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?