National life

१९ यात्रु सवार सौर्य एयरलाइन्सको जहाज दुर्घटना, चार जनाको शव निकालियो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ साउन २०८१, बुधबार
665Shares
१९ यात्रु सवार सौर्य एयरलाइन्सको जहाज दुर्घटना, चार जनाको शव निकालियो
ncell

काठमाडौँ। बुधवार बिहान काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । दुर्घटनाग्रस्त जहाजबाट आगो सहितको धुवाको मुस्लो फैलिएको छ ।

जहाज आन्तरिक तर्फको विमानस्थलमा दुर्घटना भएको हो । उक्त जहाज उड्ने क्रममा दुर्घटनाग्रस्त हुन पुगेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कोटेश्वर (०२) बाट गोठाटार (२०) तर्फ टेकअफ गर्दै गरेको जहाज एक्कासि धावनमार्ग छोडेर गोठाटारतर्फ खाल्डोमा झर्न पुगेको विमानस्थलका कर्मचारीले जानकारी दिएका छन् ।

सौय एयरलाइन्सको ९एन–एएमपी कल साइन दर्ता नम्बर भएको विमान दुर्घटना भएको हो । उक्त विमान काठमाडौँबाट पोखराका लागि उड्न लागेको थियो । जहाजमा १९ यात्रु रहेको एयरलाइन्सले जानकारी दिएको छ ।

सुरक्षाकर्मीहरूको टोलीले  नियन्त्रणको प्रयास गरिरहेका छन् ।’आगो निभाउने क्रममा वरपर धूवाँको मुस्लो फैलिन पुगेको छ। मानवीय क्षति भएको तर कति भन्ने एकिन जानकारी आउन बाकी रहेको आर्थिक भ्वाइससँग विमानस्थलका एक कर्मचारीले भने ।

दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ ।

यो समाचार शेयर गर्नुहोस्
665SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?