काठमाडौँ। यस साताको अन्तिम कारोबारका दिन नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन प्रतितोला ९०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहिबार भने सुन तोलामा एक लाख ५० हजार ५०० रुपैयाँ कायम रहेको थियो ।
यता, चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ७६० रुपैयाँमा कारोबार भइरहेको हो ।


































