National life

२०२५सम्ममा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनको तयारीमा मनकामना केबलकार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ मंसिर २०८०, शुक्रबार
1.5kShares
२०२५सम्ममा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनको तयारीमा मनकामना केबलकार
ncell

काठमाडौँ । मनकामना केबलकारले सन् २०२५ सम्ममा मनकामना परिसरभित्रै सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा घोषणा गरेको छ ।

नेपालकै पहिलो केबलकार, मनकामना केबलकार सेवाको २६औं वार्षिकोत्सवमा अध्यक्ष राजेशबाबु श्रेष्ठले सन् २०२४ को अन्त्यमा वा २०२५ को सुरुमा रिसोर्ट सञ्चालनमा ल्याउने कुरा बताएका हुन ।

रिसोर्टमा ४० कोठाको सुविधा हुनेछ । रिसोर्टमा स्वीमिङ्ग पुल, हेल्थ क्लब, सभा सेमिनार हल र रेष्टुरेन्टको सुविधा हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
रिसोर्टमा करिब ५५ करोड लगानी हुने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताएका छन् ।

रिसोर्ट सञ्चालनमा आएपछि मनकामना र वरिपरिका क्षेत्र नयाँ पर्यटकीय गन्तव्य बन्ने उनको दाबी छ । हाल मनकामनामा केबलकार हाताभित्रै सुविधा सम्पन्न रिसोर्टको निर्माणको कार्य भइरहेको उनको भनाइ छ ।

विसं २०५३ कार्तिक २२ गते स्थापना भएको केबलकार २०५५ मा व्यावसायिक रूपमा सञ्चालनमा आएको थियो । एनलग प्रविधिलाई स्तरोन्नती गर्दै केबलकार डिजिटल प्रणालीमा प्रवेश गर्ने चरणमा रहेको छ । अस्ट्रियाको डोपेल्मायर कम्पनीको डी–कनेक्ट भन्ने डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने प्रथम चरणको कार्य सन् २०२१ मै सकिएको उनले बताए ।

पूर्णरुपमा डिजिटल नबनुन्जेलका लागि केबलकार बन्द हुने श्रेष्ठले जानकारी दिए ।

पूर्ण रुपमा डिजिटल प्रणालीमा स्तरोन्नती गर्न अझै २ महिना लाग्नेछ । त्यस बेलासम्मका लागि केबलकार बन्द हुनेछ,’ उनले भने।

अबको चरणमा कन्ट्रोल सिस्टम, कम्यूनिकेशन केबलका साथै केबलकारको लठ्ठा फेरिने उनले बताए । स्तरोन्नति गर्न करिब ४५ करोडको लगानी लाग्ने उनले अनुमान छ ।

केबलकारले हाल वार्षिक ११ लाख यात्रुलाई सेवा दिँदै आएको छ । यस वर्ष १२ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिइएको जनाएको छ ।

अध्यक्ष श्रेष्ठले मनकामना आसपासका क्षेत्रमा विकास, स्वास्थ्य, शिक्षा तथा विपन्न वर्गलाई सहयोग गर्दै आएको बताए । विनाशकारी गोरखा भूकम्पपछि पश्चिम गोरखाका ७–८ स्थानीय निकायलाई कम्पनीले राहत उपलब्ध गराएको थियो ।

सीएसआर नीतिअनुसार कम्पनीले केवल कार टिकट आम्दानीको कुल रकमको १र१ प्रतिशतका दरले कुल २ प्रतिशत रकम शहिद लखन गाउँपालिका गोरखा र ईच्छाकामना गाउँपालिका चितवनलाई वर्षेनी सहयोग गर्दै आएको उनले बताए ।

अध्यक्ष श्रेष्ठले एक वर्षमा २ करोड हाराहारी आयकर तिर्दै आएको बताए । केबलकारबाट गत आर्थिक वर्षसम्ममा कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ राजस्वमा योगदान गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?