National life
cg eloctronics

४ विकास बैंक र एक फाइनान्स कम्पनीलाई राष्ट्र बैंकको कारवाही

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ माघ २०८०, आइतबार
741Shares
४ विकास बैंक र एक फाइनान्स कम्पनीलाई राष्ट्र बैंकको कारवाही
muktinatha bikash bank

काठमाडौंः नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै ४ वटा विकास बैंक र एक फाइनान्स कम्पनीलाई कारवाही गरेको छ।

कारवाहीमा पर्नेमा एक्सेल डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक रहेका छन्। यस्तै, रिलायन्स फाइनान्स पनि केन्द्रीय बैंकको कारवाहीमा परेको हो।

एक्सेलले रियल स्टेट र सेयर कर्जा स्वीकृत गर्नुपूर्व ऋणी कम्पनीले उल्लेख गरेको कर्जाहरुको प्रयोजन, उद्देश्य, कर्जा उपयोग हुने क्षेत्र वा आधार, कर्जाको सावाँ ब्याज चुक्ता हुने आधारलगायतका विवरणहरुको विश्लेषण नगरेको र कर्जाको सदुपयोग भएको पनि नपाइएको भन्दै सञ्चालक समितिलाई सचेत गराएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यता, कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार रावत र तत्कालीन अध्यक्ष राजेन्द्र विर रायलाई ५ लाख रुपैयाँका दरले जरिवाना गरेको छ । सिन्धु विकास बैंकको सञ्चालक समितिका अध्यक्ष तथा सबै सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृतलाई समग्रमा संस्थाको आन्तरिक नियन्त्रण प्रणाली निकै कमजोर रहेको बताउँदै नेपाल राष्ट्र बैंकले सचेत गराएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
741SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?