National life

५ महिनायता चीनको औद्योगिक उत्पादनमा पहिलो पटक वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ चैत २०८०, आइतबार
629Shares
५ महिनायता चीनको औद्योगिक उत्पादनमा पहिलो पटक वृद्धि
ncell

काठमाडौँ । चीनको औद्योगिक उत्पादन पछिल्लो पाँच महिनायता पहिलो पटक वृद्धि भएको चिनिया सञ्चारमाध्यमहरूले जनाएका छन् ।

विश्वकै दोस्रो ठुलो अर्थतन्त्र रहेको चीनको औद्योगिक उत्पादन वृद्धि गर्ने चिनियाँ प्रयासले सकारात्मक सङ्केत गरेको नीति निर्माताहरूले बताएका छन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ कलकारखानाको उत्पादनको समीक्षा गर्ने पीएमआई सूचाङ्क मार्चमा ५० दशमलव ८ देखिएको छ। यो सूचाङ्क गएको फेब्रुअरीमा ४९ दशमलव १ विन्दुमा रहेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पीएआई सूचाङ्क ५० भन्दा बढी हुनु भनेको औद्योगिक उत्पादनमा वृद्धि भएको सङ्केत हो।

चीनमा पछिल्ला वर्षहरूमा घरजग्गा कारोबारमा निरन्तर सङ्कट,उच्च युवा बेरोजगारी र मुद्रा प्रदायमा दबाबलगायतका समस्या देखिएका थिए। यस्तै विश्वभर नै कमजोर मागका कारण चिनियाँ सामानको माग घटेको थियो।

चीनले मार्च महिनाको सुरुमा सन् २०२४ मा वार्षिक आर्थिक वृद्धिदर पाँच प्रतिशत हासिल गर्ने लक्ष्य सार्वजनिक गरेको थियो। अर्थशास्त्रीले यो लक्ष्यलाई महत्त्वाकाङ्क्षी भन्दै आलोचना गरेका भए पनि चीनमा सकारात्मक नतिजा आइरहेको सिन्ह्वाको खबरमा उल्लेख छ। एजेन्सीको सहयोगमा

यो समाचार शेयर गर्नुहोस्
629SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?