National life

६० किलो सुन तस्करी जाँचबुझ गर्न थप २ महिना समय थपियो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ पुस २०८०, सोमबार
770Shares
६० किलो सुन तस्करी जाँचबुझ गर्न थप २ महिना समय थपियो
ncell

काठमाडौँ। सुन तस्करी जाँचबुझ आयोगको म्याद थप २ महिना बढाउने निर्णय गरिएको छ।मन्त्रिपरिषद्ले सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको म्याद दुई महिना थप्ने निर्णय गरेको जनाएको छ।

असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । ३ महिना समय पाएको आयोगले जाँचबुझ नसकिएको भन्दै म्याद थपको प्रस्ताव पठाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आयोगको प्रस्ताव अनुसार म्याद थप समेत भइसकेको समितिको भनाई छ ।

आयोगले ६० किलो सुन तस्करी र विद्युतीय चुरोट ‘भेप’ मार्फत गरिएको सुन तस्करीबारे जाँचबुझ गरिरहेको छ । म्याद थप भएसँगै आयोगले अर्को चरणको काम सुरु गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले बुझेको तर, मुद्दा नचलाएका दुई जनासँग आयोगले बयान लिएको छ ।

भन्सार एजेन्ट काठमाडौँ–३२ बस्ने ५५ वर्षीय कृष्ण कुमार श्रेष्ठसँग पनि आयोगले बयान लिँदै छ । उनी ट्रान्स ग्लोबस सर्भिस प्रालिका संचाकल हुन् । ट्रान्स ग्लोबल मार्फत रेडी ट्रेड प्रालिले हङकङबाट ब्रेक प्याडमा सुन मगाएको अनुसन्धानबाट थाहा भएको छ । श्रेष्ठ अहिले थुनामा छन् ।

यो समाचार शेयर गर्नुहोस्
770SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?