National life

६० खर्ब नजिक पुग्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप , सीडी रेसियो कति छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ मंसिर २०८०, आइतबार
560Shares
६० खर्ब नजिक पुग्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप , सीडी रेसियो कति छ ?
ncell

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६० खर्बनजिक पुगेको छ। नेपाल राष्ट्र बैंकको मङ्सिर २० सम्मको तथ्याङ्क अनुसार बैंक वित्तीय संस्थाको निक्षेप ५९ खर्ब ८० अर्ब रुपैयाँ पुगेको हो ।

कुल निक्षेपमध्ये वाणिज्य बैंकको निक्षेप ५२ खर्ब ८९ अर्ब रुपैयाँ छ भने अन्य वित्तीय संस्थाको ६ खर्ब ९१ अर्ब छ । बैंक वित्तीय संस्थाको कुल कर्जा प्रवाह मङ्सिर २० सम्ममा ४९ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसअघि असोज ३० गते कुल कर्जा प्रवाह ५० खर्ब नाघेको भएपनी हाल कर्जा प्रवाह भने घटेको हो ।

कुल कर्जामा वाणिज्य बैंकको कर्जा प्रवाह ४४ खर्ब ७ अर्ब र अन्य वित्तीय संस्थाको ५ खर्ब ७४ अर्ब रुपैयाँ छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्दै जाँदा र कर्जा प्रवाहमा उत्साह नआउँदा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८०.४८ प्रतिशतमा झरेको छ ।

त्यस्तै अन्तर बैंक ब्याजदर ०.९६ प्रतिशतमा झरेको छ । तरलता बढ्दै जाँदा कर्जा तथा निक्षेपको ब्याजदर पनि ओरालो लाग्न थालेको छ ।

यो समाचार शेयर गर्नुहोस्
560SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?