National life

सहकारीको १ अर्ब ५१ करोड बढी बचत रकम भुक्तानी, ३८ अर्ब ४२ करोड बढी अझै बाकी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ कात्तिक २०८१, मङ्गलबार
658Shares
सहकारीको १ अर्ब ५१ करोड बढी बचत रकम भुक्तानी, ३८ अर्ब ४२ करोड बढी अझै बाकी
ncell

काठमाडौँ । सहकारी अपचलनको समस्या दैनिक रूपमा बढेसँगै बचतकर्ताको रकम फिर्ता तथा हिसाब मिलानको कार्य समेत तीव्र गतिमा बढेको छ । हालसम्म विभिन्न चरणमा गरेर ६ हजार १५५ जना सहकारीका बचतकर्ताले आफ्नो पूरै बचत रकम फिर्ता पाएका छन् ।

आज (मंगलबार) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको उपस्थितिमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा सहकारीको बचत फिर्ता तथा मिलानसम्बन्धी विवरण सार्वजनिक गरिएको छ।

जस अनुसार हालसम्म १ अर्ब ४८ करोड ५१ लाख रुपैयाँ राफसाफ गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कात्तिक १२ गतेसम्म आंशिक भुक्तानी भएका बचतकर्ताको सङ्ख्या ४३८ छ। उनीहरूको ३ करोड १ लाख ९९ हजार रुपैयाँ भुक्तानी गरिएको छ।

समितिको अनुसार गत आर्थिक वर्ष २०८०/८१ सम्म १ हजार २०० जनाको माग दाबी राफसाफ गरिएको थियो । जसअनुसार उनीहरूले ८३ करोड ६५ लाख रकम फिर्ता पाएका थिए । यसैगरी चालु आव २०८१/८२ को कात्तिक १२ गतेसम्म थप ४ हजार ८५६ जनाको ६४ करोड ८६ लाख रुपैयाँ राफसाफ  गरिएको समितिले जनाएको छ ।

आंशिक र पूर्ण गरी रकम भुक्तान गरिएका मागदाबीकर्ताको सङ्ख्या ६ हजार ५९६ पुगेको छ । यी बचतकर्ताको कुल १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार रुपैयाँ भुक्तानी भएको छ । साथै,अब ५६ हजार ६०५ जना बचतकर्ताको राफसाफ गर्न बाँकी रहेको समितिले जनाएको छ। उनीहरूको कुल ३८ अर्ब ४२ करोड ३ लाख बचत फिर्ता बाकी रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
658SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?