National life

८७ अर्ब मुनाफा आर्जन गरेको नेपाल राष्ट्र बैंकको खुद नाफा ४१ प्रतिशतले बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ मंसिर २०८०, बिहिबार
515Shares
८७ अर्ब मुनाफा आर्जन गरेको नेपाल राष्ट्र बैंकको खुद नाफा ४१ प्रतिशतले बढ्यो
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७९–८० मा नाफा ४१.३४ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बिहीबार अर्थमन्त्री समक्ष बुझाएको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन अनुसार बैंकको नाफा ८७ अर्ब माथि पुगेको हो ।

मुलुकको एक मात्र केन्द्रीय बैंकले आर्थिक वर्ष २०७९–८० मा ८७ अर्ब ६० करोड ३७ लाख ४५ हजार ४४८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

Royal Enfield
nic asia capital
अघिल्लो आर्थिक वर्ष १०७८–७९ मा राष्ट्र बैंकको खुद मुनाफा ६१ अर्ब ९८ करोड ७ लाख १२ हजार रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा राष्ट्र बैंकको खुद नाफा गत वर्ष २५ करोड ६२ लाख रुपैयाँ बढी हुन आउँछ।

गत आवमा राष्ट्र बैंकले वैदेशिक मुद्राबाट प्राप्त ब्याजबाट ४८ अर्ब ३६ करोड ६० लाख र स्वदेशी मुद्राबाट १५ अर्ब ४३ करोड ७ लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आवको तुलनामा क्रमशः १५८.१४ र २.९७ प्रतिशत धेरै हो ।

वैदेशिक मुद्राबाट प्राप्त ब्याजमा सुधार आएसँगै बैंकको कुल सञ्चालन आम्दानी ३५ अर्ब ८७ करोड २१ लाखबाट बढेर ६६ अर्ब ९२ करोड ७१ लाख पुगेको छ । यस्तो सुनको पुनःमुल्याङ्कनबाट १७ अर्ब ११ करोड तथा वैदेशिक मुद्राको पुनःमुल्याङ्कनबाट १० अर्ब बराबरको आय भएको हो ।

बिहीबार भएको उक्त भेटवार्तामा गभर्नर अधिकारी र अर्थमन्त्री महत बिच मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे छलफल भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
515SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?