National life

आईजीआई प्रुडेन्सियलले कमायो ६ करोड बढी नाफा, बीमा शुल्क आर्जनमा उल्लेख्य वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ कात्तिक २०८१, बिहिबार
935Shares
आईजीआई प्रुडेन्सियलले कमायो ६ करोड बढी नाफा, बीमा शुल्क आर्जनमा उल्लेख्य वृद्धि
ncell

काठमाडौँ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ  । जस अनुसार कम्पनीले उक्त अवधिमा ६ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो नाफा गत वर्षको तुलनामा १९.३७ प्रतिशतले बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

असोज मसान्तसम्म कम्पनीले २२ करोड ४७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ५२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै, असोजसम्म कम्पनीले १९ करोड ५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १८ करोड १६ लाख रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको थियो । कम्पनीको खुद दाबी भुक्तानी ४.९० प्रतिशत बढेको हो ।

समीक्षा अवधिमा कम्पनीले ५६ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५८ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ३.३० प्रतिशत घटेको हो ।

यसअवधिमा कम्पनीले ४५ करोड ९३ लाख रुपैयाँ कुल आम्दानी गरेको छ भने ३७ करोड २१ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४२ करोड ६८ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो भने ३५ करोड ३८ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६.७५ रुपैयाँबाट बढेर ८.०६ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९०.४९ रुपैयाँ रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
935SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?